सातौँ नेपालगञ्ज म्याराथन सुरु  

Nepl  myarathun

बाँके । सातौँ नेपालगञ्ज म्याराथन सुरु भएको छ । बाँकेको नेपालगञ्जमा सुरु भएको म्याराथनको युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले उद्घाटन गरेका हुन् । विजेताले एक लाख, उपविजेताले ५० हजार तथा तेस्रो हुनेले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

त्यसैगरी हाफ म्याराथन (महिला) तर्फ विजेताले ५१ हजार, उपविजेताले २५ हजार, तेस्रोले १५ हजार रुपैयाँ पाउनेछन् । १० किलोमिटर खुल्ला पुरुषतर्फ प्रथम हुनेले २५ हजार, दोस्रोले १५ हजार र तेस्रोले १० हजार तथा महिला ५ किलोमिटर खुल्लातर्फ प्रथमले १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

त्यसैगरी स्कुल तहमा छात्र ५ किलोमिटरमा पहिलो हुनेले १० हजार, दोस्रो हुनेले ७ हजार र तेस्रो हुनेले ५ हजार, ३ किलोमिटर छात्रा स्कुलतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले पाँच हजार र तेस्रोले ३ हजार पाउनेछन् । ह्वीलचेयरतर्फ पहिलो हुनेले ७ हजार, दोस्रोले ५ हजार र तेस्रोले ३ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

नेपालगञ्ज म्याराथनको पहिलो संस्करणमा नेपाली सेनाका होमलाल श्रेष्ठ, दोस्रोमा सेनाकै कृष्ण बस्नेत, तेस्रोमा जुम्लाका दुर्ग बुढा, चौथो संस्करणमा नेपाल पुलिस क्लबका भूमिराज राई, पाँचौँमा सेनाका नवराज साउद र छैटौंमा नेपाल एपीएफ क्लबका गोपीचन्द्र पार्की विजेता भएका थिए । त्यस्तै महिला हाफम्याराथनमा कान्छीमाया कोजु दुई संस्करणमा विजेता भइसकेकी छिन् ।

पाँचौँ संस्करणमा सेनाकी पूर्णलक्ष्मी न्यौपाने र छैटौँमा एपीएफकी पुष्पा भण्डारी विजेता भएका थिए । 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...