सुनको मूल्य घट्यो, प्रतितोला ८८ हजार ७ सय रुपैयाँमा कारोबार

Gold news

काठमाडौँ । सुनको मूल्य बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८८ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार तेजाबी सुनको मूल्य ८८ हजार ९ सय थियो।

यस्तै तेजाबी सुनको मूल्य तोलामा दुई सय रुपैयाँले घटेर ८८ हजार दुई सय ५० रुपैयाँमा कारोबार भइरहेको सुनचाँदी महासंघले जनाएको छ। बुधबार तेजाबी सुनको मूल्य तोलाको ८८ हजार चार सय ५० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले घटेर ११ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...