सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

Gold

काठमाडौँ । साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ८९ हजार रुपैयाँ कायम भएकोमा आज १०० रुपैयाँले घटेर ८८ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।

आज छापावाल सुन प्रति १० ग्रामको मूल्य ७६ हजार दुई सय २० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

त्यसैगरी, तेजाबी सुनमा प्रतितोला ८८ हजार चार सय ५० रुपैयाँ कायम भएको छ । तेजाबी सुन प्रति १० ग्राम ७५ हजार आठ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने स्थिर छ । आज चाँदीको मूल्य ११५५ रुपैयाँ कायम भएको छ । हिजो मंगलबार पनि सोही मूल्य कायम भएको थियो ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...