मनकामना इन्जिनियरिङ्गले आईपिओ निष्काशन गर्ने   

6284e980ffdf0b374670c257edf65e131624625853

काठमाडौँ । मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर लिमिटेडले आईपिओ निष्काशन गर्ने भएको छ । कम्पनीले शेयर निष्काशनको लागि बि.ओ.के. क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

सम्भौतामा मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावरको तर्फबाट सञ्चालक समितिका अध्यक्ष कृष्ण बहादुर उप्रेती र बि.ओ.के.क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कुन्दन शर्माले हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सम्पूर्ण कार्यहरु समेत बि.ओ.के.क्यापिटलले नै गर्ने भएको छ ।

मनकामना इन्जिनियरिङ्गले आफ्नो जारी पूँजी ८० करोडको ३० प्रतिशतले हुन आउने २४करोड बराबरको २४ लाख कित्ता शेयर सर्वसाधारणको निमित्त निष्काशन गर्ने भएको हो।

मनकामना इन्जिनियरिङ्गले दोलखा स्थित ५ मेगावाट विद्युत क्षमताको आयोजना संचालन गरिरहेको छ । मिति २०६७ साल श्रावण ०२ गते स्थापित यस कम्पनीले मिति २०७७ साल कार्तिक २३ गतेदेखि पूर्ण रुपमा विद्युत उत्पादन गरी पूर्ण सञ्चालनमा आएको हो ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...