प्रचण्डकी नातिनी स्मीताले भारतीय गायकसँग गाइन ‘इबादत बन गए’
काठमाडौँ । नेपाली गायिका स्मीता दाहालले हिन्दी गीत गाएकी छन् । भारतको प्रतिष्ठित कम्पनी टि(सिरिजको ‘पप चार्टबस्टर्स’ नामक यूट्युब च्यानलबाट शुक्रवार उनको आवाजमा रहेको हिन्दी गीत ‘इबादत बन गए हो’ सार्वजनिक भएको छ ।
गायनमा उनलाई ‘जलते दिए, हुँड हुँड दबंग, राधा नाचेगी’ जस्ता चर्चित गीतका गायक शबाब सबरीले साथ दिएका छन् । भिडियोलाई राजीव एस.रुयाले निर्देशन गरेका हुन् । उनले अहिलेसम्म २ सयभन्दा बढी भारतीय गीतको भिडियो निर्देशन गरिसकेका छन् ।
गीतको भिडियो पनि बनेको छ । जसमा गायिका स्मीताले भारतीय मोडल अर्जुन बिज्लानीसँग रोमान्स गरेकी छन् । गीतको भिडियोमा भारतको देहरादूनको मसुरी र उत्तराखण्डको ऋषिकेशको सुन्दरतालाई कैद गरिएको छ ।
प्रतिकृया दिनुहोस