एमालेको समानान्तर कमिटी एकीकृत समाजवादीमा समाहित

Akrikrit samajwadi morang

विराटनगर, । नेकपा (एमाले) मोरङको समानान्तर कमिटी नेकपा (एकीकृत समाजवादी) मा समाहित भएको छ ।

चन्द्रवीर राईको नेतृत्वमा रहेको समानान्तर कमिटी बैठकले एकीकृत समाजवादीमा समाहित हुने निर्णय गरेको हो। यो तीन सय २५ सदस्यीय कमिटी रहेको छ ।

यससँगै वडा तहसम्म गठन भएका समानान्तर कमिटीलाई पनि एकीकृत समाजवादीमा समाहित गर्ने निर्णय गरिएको छ । एकै पटक एकीकृत समाजवादीका वडा तहसम्म कमिटी बनेका छन् ।

एमालेमा विवाद हुँदा यसअघि माधवकुमार नेपाल पक्षले मोरङमा समानान्तर कमिटी गठन गरेको थियो । पूरै कमिटी एकीकृत समाजवादी बनेको हो ।

बैठकमा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष र वडा सदस्यको पनि उपस्थित रहेको थियो । बैठकले १७ वटै स्थानीय तह र सबै वडाहरुमा पार्टीको भेला आयोजना गरी कमिटीलाई पूर्णता दिने र जिम्मेवारी बाँडफाँड गर्ने निर्णय गरेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...