पार्टीको सनाखत प्रक्रियमा आयोगले गरेको निर्णयलाई प्रतिवाद गर्ने एमाले केन्द्रिय कमिटीको निष्कर्ष

यी हुन् बैठकका निर्णयहरु

Umle k. k. ni.

काठमाडौँ । नेकपा एमालले पार्टीको अर्को पार्टीको सनाखत प्रक्रियामा निर्वाचन आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको छ ।

ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा बिहीबार बसेको एमाले केन्द्रीय कमिटीले माधव नेपाल समूहले दर्ता गराएको पार्टीको सनाखत प्रक्रियमा आयोगले विवादास्पद निर्णय गरेको भन्दै कानुनी प्रतिवाद गर्ने निर्णय गरेको गरेको हो ।

पार्टिले कारबाहीका निम्ति कारबाही गरेर त्यसको सुचना दिइसकेका व्यक्तिलाई समेत गणना गरेर सनाखत गराउने, अनुपस्थित भएका व्यक्तिहरुलाई पनि सनाखत गराउने लगायतका केही गतल कामहरु भएको एमाले प्रवक्ता प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

बैठकले सभामुखले पार्टीले कारबाही गरेको पत्र अनुसार सुचना टाँस नगरेकोमा संसदिय अभ्यास अनुसारको बिरोध गर्ने निर्णय समेत गरेको छ । त्यस्तै, नयाँ पार्टीमा गएका नेताहरुलाई निष्कासन गर्दै पार्टीको अभिलेखबाट नाम हटाउने तथा निर्वाचन आयोगमा जानकारी गराउने र फर्किन चाहनेका लागि ढोका खुला राख्ने निर्णय गरेको उनले बताए ।

बैठकले १० बुँदे प्रस्तावलाई कार्यान्वयन गर्ने निर्णय भएको प्रवक्ता ज्ञवालीले बताए ।  त्यस्तै बैठकले पार्टीको महाधिवेशन र बिधान अधिवेशन गर्ने निर्णयलाई अनुमोदन गरेको उनले जानकारी दिए ।

बैठकले संविधानले नै परिकल्पना नै नगरेको स्थानीय तहका पदाधिकारीहरुले पनि नयाँ दलमा जान सक्ने गरि अध्यादेशमा व्यवस्था गरेको भन्दै कुनै भ्रममा नपरि एमालेमा एकतावद्ध हुन अपिल गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...