काँग्रेसमा खैलाबैला : देउवासँग कुरा नमिलेपछि पौडेल पक्षले बोलायो केन्द्रीय समितिको बैठक  

Deuwa paudel   021 965 62

काठमाडौँ । सत्तारुढ दल नेपाली काँग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्ने भएको छ ।

बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्ने एक नेताले जानकारी दिए ।

आजको बैठकमा आगामी महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा छलफल हुने बताइएको छ । सदस्यको विवादका कारण काँग्रेसको महाधिवेशन नहुने निश्चित भएको छ ।

यस्तै यता प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदको बैठक बोलाएका छन् । प्रधानमन्त्रीमा नियुक्त भएको यतिका दिन हुँदा पनि उनले मन्त्रिपरिषदलाई विस्तार गर्न सकेका छैनन् ।

पछिल्लो समय सभापति शेरबहादुर देउवा र रामचन्द्र पौडेलबीच खटपट सुरु हुन् थालेको छ ।

समयमा नै काँग्रेसको महाधिवेशन नभए पौडेल पक्षले देउवालाई काँग्रेसको सभापति नमान्ने चेतावनी दिइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...