विघटित कार्यदलका नेताहरु छलफलमा, के लाग्ला त पार्टी एकताको टुंगो ?

Uml working committee

काठमाडौँ । नेकपा एमालेको विभाजनलाई रोक्नका लागि विघटित कार्यदलका नेताहरुबीच छलफल भइरहेको छ । आइतबार बिहानैदेखि भएको छलफलमा पार्टी एकतालाई एउटा बिन्दुमा पुर्याउने प्रयास भएको बताइएको छ ।

एमाले एकताका लागि अध्यक्ष केपी शर्मा ओली र पार्टीका अर्का नेता माधवकुमार नेपाल पक्षका नेताहरुको एउटा कार्यदल बनेर छलफल गरिएको थियो । तर कार्यदलले एमालेको एकतालाई पूर्णता दिन सकेन ।

अध्यक्ष पार्टी एकताका लागि थप नरम बन्दै गएको पाइएको छ । यता माधव पक्षले भने एमालेमा आफ्नो सम्मानजनक उपस्थिति हुनुपर्ने अडान कायम राख्दै आएको छ ।

गत शुक्रबार सम्पन्न माधव नेपाल पक्षको केन्द्रीय समिति बैठकले १० बुँदे सहमति एकताको आधार मान्न सकिने भएपनि त्यो नै पर्याप्त नभएको निश्कर्ष निकालेको थियो ।

माधव पक्षले आफ्नो अडान कायम राखे पनि पार्टीका अन्य गतिविधिहरु नरोकिने ओली पक्षका नेताहरुले जनाएका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना भए पनि फागुन २८ पछि निरन्तर पार्टीभित्र आन्तरिक संघर्षमा रहेका नेपाल विवाद निरुपणमा भने सशक्त रुपमा उत्रिन सकेका छैनन् । 

नेपाल पक्षीय अधिकांश स्थायी तथा केन्द्रीय कमिटी सदस्यले उनलाई पार्टीभित्रै संघर्ष गर्न सुझाएका छन् । सुझावप्रति नेपाल लचिलो देखिएका छन् । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...