माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै, यी हुन् छलफलको एजेण्डा
काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थायी समिति बैठक बोलाएको छ। बैठक आज दिउँसो ४ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिस डाँडामा बस्ने एक नेताले जानकारी दिए ।
आजको बैठकमा सरकार सञ्चालन, पार्टीको केन्द्रीय कमिटी बैठकको तयारी, साझा न्यूनतम कार्यक्रम, मन्त्रिपरिषद् विस्तारका विषयमा बैठकमा छलफल हुने बताइएको छ ।
माओवादीले सरकारमा सहभागी हुने मन्त्रीको टुंगो अझै लगाएको छैन । माओवादीका धेरै नै सांसदहरु मन्त्री बन्न इच्छा देखाएका छन् ।
केही दिनअगाडी एक कार्यक्रममा बोल्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीका धेरै नेताहरुले मन्त्री बन्ने इच्छा देखाएको कारणले आफू तनावमा रहेको बताएका थिए ।
प्रतिकृया दिनुहोस