माधव नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सुरु

Madhav kumar nepal

काठमाडौँ । नेकपा एमालेको माधव कुमार नेपाल पक्षको केन्द्रीय समितिको बैठक सुरु भएको छ । बैठक राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बैठक सुरु भएको  हो ।

माधव पक्षको केन्द्रीय कमिटीको यो दोस्रो बैठक हो । पहिलो दिनको हिजोको बैठकमा नेताहरुले पार्टी एकता र सत्तारोहणका विषयमा मिश्रित सुझाव दिएका थिए ।

माधव पक्षको अडानका कारण एमाले एकताले पूर्णता अझै पाउन सकेको छैन। नेपालले एमालेमा आफ्नो सम्मानजनक उपस्थिति खोजिरहेका छन् तर पार्टी अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने नेपालको मागलाई सम्बोधन गर्न तयार रहेका छैनन् ।

एकातर्फ माधव नेपालले छुट्टै पार्टी खोलेर अगाडी बढ्ने कि भन्ने विषयमा पनि छलफल भइरहेको छ ।  

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...