शेयर बजारमा नयाँ रेकर्ड, कारोबार खुलेको केही मिनेटमै नेप्से परिसूचक उच्च अंकले वृद्धि

Stock market

काठमाडौं । पछिल्लो केही दिनयता सेयर बजारमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । सोमबार कारोबार खुलेको केही मिनेटमा नै नेप्से परिसूचक उच्च अंकले वृद्धि भएको छ ।

पछिल्लो समय अनलाइन कारोबारमा भएको सहजता र लगानीकर्ताहरुको आकर्षणले बजारमा नयाँ रेकर्ड कायम भएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

सेयर कारोबार मापक नेप्से परिसूचक ३ हजार माथिको विन्दुमा पुगेर नयाँ रेकर्ड कायम भएको हो । यस अघि आइतबार मात्रै २ हजार ९ सय ८३ मा पुगेर कायम भएको रेकर्ड सोमबार नै तोडिएको छ ।

आइतबार कारोबार रकम पनि १९ अर्ब ५५ करोड रुपैयाँ नाघेर नयाँ रेकर्ड कायम भएको हो ।

 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...