नर्भिक अस्पतालले अभिनेत्री निशाको उपचार निः शुल्क गर्ने

Nisha ghimire5121

काठमाडौँ । नर्भिक अस्पतालले अभिनेत्री निशा घिमिरेको उपचार  नि: शुल्क गर्ने भएको छ । दुर्घटनामा परेर विगत तीन वर्षदेखि ओछ्यान परेकी घिमिरेको अस्पतालले बिहीबारबाट उपचार समेत थालेको हो । 

समाचार माध्यमबाट निशाको अवस्था जानकारी पाएपछि नर्भिक अस्पतालकी प्रबन्ध निर्देशक मेघा चौधरीले घिमिरेको उद्धार गरेकी हुन् । प्रारम्भिक जाँचको क्रममा उनमा नशाको समस्या देखिएको नर्भिक अस्पतालले जनाएको छ । चिकित्सकले उनको अवस्था सुधार हुने अपेक्षा गरेका छन् ।

भोजपुरी फिल्म ‘मधेसी पुत्र २’, टेलिश्रृखला ‘डियर जिन्दगी’ लगायतका केही टेलिसिरियलमा अभिनय गरेकी निशाले लोक दोहोरी गीत ‘सानु माया हाँसेर बोल’, ‘ट्याक्सी मोटर कार’, ‘आज निष्ठुरीको फोटो’ जस्ता करिब दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरेकी छन् । ललितपुरको मध्यमवर्गीय परिवारकी निशाको परिवारको आर्थिक स्थिति कमजोर भएका कारण उनको उपचारमा ढिलाइ हुन पुगेको हो ।

कलाकारितामा अझै राम्रो गर्ने सोचले अभिनयमा डिप्लोमा कोर्स गर्नका लागि साढे दुई वर्षअघि भारतको देहरादुन पुगेकी निशा त्यहाँ पुगेको करिब डेढ महिनापछि नै कार दुर्घटनामा परी गम्भीर घाइते भएकी थिइन् । दुर्घटनापछि बोल्न र हिँड्न छाडेकी उनको उपचारको अभावका कारण दिन प्रति दिन बिग्रँदै गएको थियो । अहिले उनी शारीरिक अशक्तताका कारण उनको शरीरमा हाड र छालाबाहेक केही देखिँदैन ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सकियो अनेमसंघ धनकुटाको आठौं जिल्ला सम्मेलन, अध्यक्षमा गोमा कार्की चयन

Mahila sang dhankuta

धनकुटा । निक्कै लामो रस्साकस्सीपछि नेकपा एमाले निकट अखिल नेपाल महिला संघ धनकुटाको आठौं जिल्ला सम्...