धनकुटाबा फेरि बढ्न थाल्यो कोरोना संक्रमण

धनकुटा । धनकुटामा फेरि कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेको छ । आइतबार धनकुटा अस्पतालको ल्याबमा २१ जनाको स्वाब परिक्षण गर्दा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आइतबार कोरोना पुष्टि हुनेहरुमा धनकुटा नगरपालिका –६ मा १ जना, पाख्रिवास नगरपालिका –१ मा १ जना, वडा नं. ३ मा २ जना, वडा नं. ४ मा २ जना, वडा नं. –९ मा २ जना, वडा नं. –१० मा १ जना महालक्ष्मी नगरपालिका वडा नं. –७ मा १ जना छन् ।
धनकुटाका विभिन्न स्थानीय तहहरुमा पनि एन्टिजेन परिक्षण तीव्र बनाइएको छ । पाख्रीबास नगरपालिकाका १० वटै वडामा ३ सय ९५ जनाको परिक्षण गरिएकोमा १ सय २ जनामा रिपोर्ट पोजेटिभ देखिएको छ ।
प्रतिकृया दिनुहोस