काठमाडौँ उपत्यकामा घट्यो संक्रमण, थप ११३१ जनामा कोरोना पुष्टि

काठमाडौँ । काठमाडौँ उपत्यकामा आइतबार १ हजार १ सय ३१ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य मन्त्रालयका काठमाडौँमा ७३१, भक्तपुरमा १४६ र ललितपुरमा २५४ जना संक्रमित थपिएका हुन्।
यसैगरी आइतबार देशभर ९९ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने थप ३ हजार ४ सय ७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
देशभर सक्रिय संक्रमितको संख्या ८९ हजार २ सय १७ रहेको छ।
यसैगरी आइतबार ६ हजार ६ सय ३६ संक्रमणमुक्त भएका छन्। यसअघि शनिबार ८ हजार २ सय ४३ तथा शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।
प्रतिकृया दिनुहोस