क्रमश घट्न थाल्यो कोरोना संक्रमितको संख्या : थप ५०४२ कोराना पुष्टि, ८२ ४३ जना संक्रमण मुक्त

काठमाडौँ । शनिबार देशभर ६८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ।
पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ एन्टिजेन परीक्षण गर्दा १ हजार ५०२ जनामा संक्रमण पुष्टि भएको हो।
यसैगरी पछिल्लो २४ घण्टामा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन्। यसअघि शुक्रबार ८ हजार ६ सय ६३ जना संक्रमणमुक्त भएका थिए।
देशभर पछिल्ले २४ घण्टामा ११ हजार ४ सय ७१ पीसीआर तथा परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस