काठमाडौं उपत्यकामा घट्न थाल्यो संक्रमण, थप १३८४ जनामा कोरोना पुष्टि

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकामा कोरोना संक्रमित हुनेको संख्या घट्न थालेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ हजार ३ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९७ जना, भक्तपुरमा १८८ जना र ललितपुरमा २९९ जना कोरोना संक्रमित भेटिएका छन् । बिहीबार देशभर थप ६६५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा १०१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा झण्डै २ हजार जना संक्रमित निको भएका छन् । शुक्रबार थप ६६५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या ५ लाख ८१ हजार ५६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा थप ८ हजार ६६३ जना निको भएका छन् । हालसम्म नेपालमा ४ लाख ७६ हजार १३० जना निको भएका छन् । नेपालमा निको हुने दर ८१.९ प्रतिशत रहेको छ ।
प्रतिकृया दिनुहोस