औषधी खरिद गर्न ५ अर्ब ६० करोड बिनियोजन
काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै काठमाण्डौ उपत्यका र सबै प्रदेशमा सरुवा रोग अस्पताल स्थापना गर्ने भएको छ ।
सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ । आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो जानकारी दिएका हुन् ।
सरकारले कोरोना रोकथाम तथा नियन्त्रणका लागि ३७ अर्ब ५७ करोड बजेट विनियोजन गरेको छ । उनले कोरोनाविरुद्धको खोपका लागि मात्रै २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको अर्थमन्त्री पौडेलले जनाएका छन् । खोप र अक्सिजनको अभाव हुन नदिने प्रतिवद्धता जनाए ।
सरकारले औषधि खरिदका लागि ५ अर्ब ६० करोड बिनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०७८/०७९ को आय व्ययको अनुमानित विवरण ‘बजेट’ प्रस्तुत गर्दै अर्थमन्त्री पौडेलले सो रकम विनियोजन गरिएको जानकारी दिएका हुन् । औषधिको मूल्य र गुणस्तरमा निरन्तर अनुगमन गरिने उनले बताए ।
उनका अनुसार आगामी आर्थिक वर्षभित्रै संचालन गर्ने गरी काठमाडौं उपत्यकामा ३०० सैया र प्रत्येक प्रदेशमा ५० सैयाको सरुवा रोग अस्पताल निर्माण हुने बताएका हुन् । त्यसका लागि सरकारले १ अर्ब ३० करोड बजेट विनियोजन गरेको छ ।
सरकारले विराटनगर, वीरगञ्ज, बुटवल र धनगढीका सरकारी अस्पतालमा निसन्तानका लागि आइभिएफ सेन्टर स्थापना गर्ने समेत घोषणा गरेको छ ।
सरकारले कोरोनाविरुद्धको खोप व्यवस्थापनका लागि २६ अर्ब ७५ करोड बजेट विनियोजन गरेको छ । कोभिड नियन्त्रण, रोकथाम र उपचारका लागि ३७ अर्ब ५३ करोड विनियोजन गरिएको अर्थमन्त्रीले जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस