धनकुटामा ८६१ जनामा कोरोना पुष्टि, १३ जनाको मृत्यु

Dhankuta pcr lab

धनकुटा । धनकुटाका शुक्रबार साँझसम्म ८ सय ६१ जनामा कोरोना पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालय धनकुटाका अनुसार बिहीबारसम्म ८ सय १० जनामा कोरोना पुष्टि भएकोमा शुक्रबार एकै दिन ५१ जनामा कोरोना पुष्टि भएको छ । योसँगै धनकुटामा कोरोना संक्रमितको संख्या ८ सय ६१ पुगेको छ ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये सबैभन्दा बढी सहिदभुमी गाउँपालिकाका छन् । धनकुटा अस्पतालको ल्याबमा गरिएको पीसीआर परीक्षणमा २८ पुरुष र २३ महिलाको रिपोर्ट पोजिटिभ आएको हो । सहिदभूमि गाउँपालिकाका २० जना, धनकुटा नगरपालिकाका १७, महालक्ष्मी नगरपालिकका ८, पाख्रीवास नगरपालिकाका ४ र छथर जोरपाटी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला प्रशासन कार्यालयका अनुसार शुक्रबारसम्म धनकुटाका ४ हजार ३८ जनाको पीसीआर परीक्षण गरिएको छ । हाजसम्म धनकुटामा १३ जनाको मृत्यु भएको छ भने २ सय ९६ जना निको भइसकेका छन् ।

हाल धनकुटामा ५ सय १ जना सक्रिय संक्रमित छन् । अझैं ४ सय ८० जना होम आइसोलेशनमा बसेका छन् । अस्पतालमा १४ जनाको उपचार भइरहेको छ भने ७ जनालाई आइसोलेशनमा राखिएको जिल्ला अस्पतालका प्रमुख डा. पुजन विश्वकर्माले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...