धनकुटामा कोरोना संक्रमणबाट ७८ वर्षीय वृद्धको मृत्यु

Dkt quarentine 14

धनकुटा । कोरोना संक्रमणका कारण धनकुटामा एक बृद्धको मृत्यु भएको छ । कोरोनाबाट मृत्यु भएका वृद्धको शव अहिले आइसोलेसनमै छ । केहीबेरपछि नेपाली सेनाले शव व्यवस्थापन गर्ने बताएको छ ।

११ दिनअघि कोरोना संक्रमित भई धनकुटा अस्पतालले औद्योगिक ग्राममा सञ्चालन गरेको आइसोलेसनमा बस्दै आएका धनकुटा नगरपालिका वडा नं. ५ का ७८ वर्षीय वृद्धको आज बिहान ६ बजेतिर मृत्यु भएको हो ।

उनी दमका विरामी पनि थिए । उनको स्वास्थ्य अवस्था ठीक भएको भन्दै केही दिनअघिदेखि नै घर जान खोजिरहेका थिए । तर, आज बिहान एक्कासी उनको समस्या आएपछि उनको मृत्यु भएको धनकुटा अस्पतालका प्रखुख डा. पुजन विश्वकर्माले बताए ।

धनकुटा अस्पतालले सञ्चालन गरेको सो आइसोलेसनमा हाल १५ जना बसिरहेका छन् । सो आइसोलेसन नेपालकै उत्कृष्ट आइसोलेसनमा गनिन्छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...