सोमबार थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि, १८५ जनाको मृत्यु  

Corona vaers

काठमाडौँ । केही दिन यता नेपालमा कोरोना संक्रमितको ग्राफमा घटबढ भइरहेको छ । शनिबारदेखि भने नेपालमा कोरोना संक्रमितको संख्या क्रमस घट्दै गएको देखिन्छ । तर, मृतकको संख्या भने बढेको छ । 

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ हजार ४ सय २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या आइतबारको तुलनामा केही कम हो । आइतरबार नेपालमा ७ हजार ६ सय ६४ जनामा कोरोना पुष्टि भएको थियो भने शनिबार ८ हजार ९ सय ८० जनामा कोरोना पुष्टि भएको थियो ।

सोमबार एकैदिन देशभर १८५ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार ५ सय ३१ पुगेको छ ।

पछिल्लो २४  घण्टामा ७ हजार १ सय ३५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यसअघि आइतबार ७ हजार ६ सय ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका थिए ।

गत चौबीस घन्टामा १९ हजार ८ सय ४६ पीसीआर तथा ६०७ एन्टिजेन परीक्षण भएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...