निषेधाज्ञा अवधिभरमा कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन राष्ट्र बैंकको निर्देशन

Nepal rashtra bank

काठमाडौं । विभिन्न बैंकहरुले ऋणीहरुको कर्जा असुल गर्न धितो लिलामी गरिहेका बेला नेपाल राष्ट्र बैंकले निषेधाज्ञा अवधिभरमा ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थाहरुलाई कडा निर्देशन दिएको छ ।

मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गर्दै नेपाल राष्ट्र बैंकले ग्राहकहरुबाट कर्जा असुली गर्दा पेनाल्टी वा अतिरिक्त शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको हो । यस्तै राष्ट्र बैंकले निषेधाज्ञा सकिएको एक महिनासम्म असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी नगर्न पनि भनेको छ ।

यसैगरी कोभिड –१९ संक्रमण न्यूनीकरणका लागि जारी भएको निषेधाज्ञा अवधिभर र सो अवधि समाप्त भएको एक महिनासम्म बैंक तथा वित्तीय संस्थाले कुनै पनि प्रकारको असुली सम्बन्धी सूचना वा लिलामी सम्बन्धी सूचना जारी गर्न नपाउने व्यवस्था मिलाउने समेत राष्ट्र बैंकले बताएको छ ।

मौद्रिक नीतिको समीक्षा गर्दै राष्ट्र बैंकले स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुलाई आधार दरमा नै दिन भनेको छ ।

अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि २० करोडसम्म र स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि ५० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने छ ।

समीक्षामार्फत राष्ट्र बैंकले महामारी नियन्त्रणका लागि सञ्चालन हुने उद्योगहरुलाई समेत केही राहत दिने बताएको छ । नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्ट वा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि कर्जा माग भएमा बैंक तथा वित्तीय संस्थाहरुले आधार दरमा नै कर्जा उपलब्ध गराउने व्यवस्था मिलाइने राष्ट्र बैंकले बताएको छ ।

यसैगरी नेपालमा हाल सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्था, अस्पताल वा उद्योगहरुलाई लिक्विड अक्सिजन प्लान्टको लागि रु। ५० करोडसम्म तथा अक्सिजन प्लान्ट स्थापना गर्ने प्रयोजनको लागि रु २० करोडसम्मको कर्जालाई एक वर्षको लागि विशेष पुनरकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने राष्ट्र बैंकले बताएको छ ।

चालु आर्थिक वर्षको चैतसम्म विप्रेषण आप्रवाह सन्तोषजनक रहेता पनि विश्वव्यापी रुपमा कोभिड–१९ को नयाँ स्वरुपमा दोस्रो लहर फैलिएको र विगत एक वर्षभन्दा बढी समयसम्म वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या बढ्न नसकेकोले विप्रेषण आप्रवाहको वृद्धि कायम रहनु चुनौतिपूर्ण हुने केन्द्रीय बैंकको विश्लेषण छ ।

‘पछिल्ला महिनाहरुमा आयातको विस्तार हुन थालेकोले शोधनान्तर बचतको मात्रा घट्दै गएको छ । तर, पुनः बन्दाबन्दीको स्थिति सिर्जना भएकोले स्वास्थ्यजन्य वस्तु बाहेकको आयात प्रभावित हुने देखिन्छ’ समीक्षामा भनिएको छ, ‘फलस्वरुप, शोधनान्तर बचत केही कमी हुँदै जान सक्ने सम्भावना रहे पनि चालु आर्थिक वर्षको अन्त्यसम्म विदेशी विनिमय सञ्चिति लक्षित तहभन्दा माथि नै रहने अनुमान रहेको छ ।’

राष्ट्रबैंकले कोभिड १९ को दोश्रो लहरका कारण अबलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैंकिंग क्षेत्र पनि प्रभावित हुने संभावना औंल्याएको छ । कोभिड–१९ को पहिलो लहरको प्रभावलाई नियमनकारी नीतिगत सहजताले गर्दा बैकिङ्ग क्षेत्रले व्यवस्थापन गर्न सकेको थियो ।

‘तर, कोभिड–१९ को दोस्रो लहरको कारण अवलम्बन गरिएको बन्दाबन्दीले आर्थिक गतिविधिहरु पुनः प्रभावित भई बैकिङ्ग क्षेत्र पनि प्रभावित हुने सम्भावना रहेको छ’ समीक्षामा भनिएको छ, ‘पछिल्ला महिनाहरुमा बैकिङ्ग क्षेत्रबाट निजी क्षेत्रमा जाने कर्जा उत्साहजनक ढंगले बढेकोमा पुनः शिथिलतातर्फ जाने देखिन्छ । तापनि, चालु आर्थिक वर्षको बाँकी अवधिमा मौद्रिक नीतिको शुरुको लक्ष्यभन्दा बढी नै कर्जा विस्तार हुने देखिन्छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...