दैनिक कोरोना संक्रमणले रेकर्ड तोकेको तोड्यै, पछिल्लो २४ घण्टामा ९१९६ जनामा संक्रमण पुष्टि

Corona graff

काठमाडौं । पछिल्लो २४ घण्टामा ९१९६ जनामा संक्रमण पुष्टि भएको छ । हिजो एकै दिन ९०७० जनामा संक्रमण पुष्टि भएकोमा आज त्यो भन्दा बढी संक्रमित फेला परेका छन् ।

योसँगै हालसम्म कोरोना संक्रमितको संख्या ३ लाख ७७ हजार ६ सय ३ पुगेको छ । यीमध्ये ७८ हजार ६ सय २९ जना सक्रिय संक्रमित अवस्थामा रहेका छन् ।

पछिल्लो २४ घन्टामा देशभर १९ हजार ९ सय ८७ आरटी पिसिआर र ४ सय ९५ एन्टिजेन परीक्षण गरिएकोमा ९ हजार १ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पिसिआर विधिबाट ९ हजार २३ र एन्टिजेन विधिबाट १ सय ७३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी अद्यावधिक विवरणमा जनाएको छ ।

पछिल्लो २४ घन्टाको अवधिमा ५० जनाको संक्रमणबाट मृत्यु भएको छ । योसँगै हालसम्म मृत्यु हुनेको संख्या ३ हजार ५ सय ७९ पुगेको छ ।

संक्रमितहरुमध्ये मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ७ सय २८ जना र भेन्टिलेटरमा २ सय ३१ जना उपचाररत छन् ।

शुक्रबार देशभर २ हजार ९ सय ५ जनाले कोरोना संक्रमणमुक्त भएर फर्किएका छन् । २४ घन्टामा संक्रमणमुक्त भएका २ हजार ९ सय ५ जनासँगै देशभर कोरोना जित्नेको संख्या २ लाख ९५ हजार ३ सय ९५ जना पुगेको छ । निको हुने दर ७८.२ प्रतिशत रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...