धनकुटामा कन्ट्रयाक ट्रेसिङमा परेका १३ जना मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि

Dhankuta hospital

धनकुटा । धनकुटा नगरपालिकाका कन्ट्रयाक ट्रेसिङमा परेका १३ जना मध्ये १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने एक अर्काे जनालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै धनकुटा जिल्ला अस्पतालको ल्यावमा गरिएको पीसीआर परीक्षणका आधारमा दोस्रो चरणको कोरोना संक्रमण पुष्टि हुनेको संख्या ६५ पुगेको छ । जसमध्ये आठ जना संक्रमित निको भइसकेका छन् ।

जिल्ला अस्पतालको ल्यावमा २२ जनाको पीसीआर परीक्षण गर्दा ६ महिला र ७ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । तिमध्ये अधिकांस धनकुटा नगरपालिका क्षेत्र भित्रका छन् । संक्रमित हुनेहरुमा १२ वर्षीय बालिकादेखि ८३ वर्षीय बृद्धसमेत छन् ।

जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेड डा. पुजन विश्वकर्माका अनुसार सुनसरीको इटहरी घर भई धनकुटामा कार्यरत ४१ बर्षीय पुरुष कर्मचारी र सप्तरी घर भएर धनकुटा बस्दै आएका ३८ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

व्यक्तिगत रिसिइवीका कारण धनकुटामा २ जना माथि छुरा प्रहार

Chakku prahar

धनकुटा । व्यक्तिगत रिसिइवीका कारण धनकुटामा दुई जना माथि छुरा प्रहार भएको छ । धनकुटा ५ बिहिवारे ह...