खोप लगाएका दुई स्वास्थ्यकर्मीलाई पनि कोरोना संक्रमण

Corona and water 4 2fmfrz4t5a

खोटाङ । कोरोनाविरुद्ध खोप लगाएका बागलुङका दुई स्वास्थ्यकर्मीलाई नै कोरोना सङ्क्रमण पुष्टि भएको छ । मंगलबार बागलुङका १५ जनामा कोरोना पोजेटिभ देखिएकामा दुई स्वास्थ्यकर्मी रहेको जिल्ला स्वास्थ्य कार्यालय बागलुङका कोराना फोकल पर्सन देवप्रकाश घिमिरेले जानकारी दिए ।

दुई महिला स्वास्थ्यकर्मीले दुई डोज कोरोना खोप लगाए पनि कोरोना सङ्क्रमण देखिएकाले थप सतर्कता रहन स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

“खोप लगाएको भनेर ढुक्क हुने अवस्था छैन”, घिमिरेले भने, “जिल्लामा थप सचेतता अपनाउन जरुरी हुन्छ नत्र अवस्था चिन्ताजनक हुनेछ ।” चौध जना पिसिआर र एक जना एन्टिजेन परीक्षणमा गर्दा १५ जनामा कोरोना पुष्टि भएको छ । यससँगै
जिल्लामा सक्रिय संक्रमतिको सङ्ख्या ८४ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...