अवस्था असामान्यतिर : थप तीन सय ३७ जनामा कोरोना सङ्क्रमण पुष्टि

Corona new variant sqvcqk5ltv

काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालभित्र थप तीन सय ३७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ३५ सय ३२ जनाको पीसीआर परीक्षण गर्दा तीन सय ३७ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यो परीक्षण गरिएका कुल नमूनाको नौ दशमलव ५४ प्रतिशत हो । विश्व स्वास्थ्य सङ्गठनका अनुसार परीक्षण गरिएको नमूनामध्ये पाँच प्रतिशत भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएमा अवस्था असामान्यतिर गएको मानिन्छ । आज थपिएकासँगै नेपालमा कुल सङ्क्रमितको सङ्ख्या दुई लाख ७९ हजार सात सय २५ पुगेको छ ।

यस्तै एक सय ५१ जना निको भएसँगै कोरोना सङ्क्रमण मुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार आठ सय ८६ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३९ पुगेको छ । अहिले नेपालमा दुई हजार आठ सय जना सक्रिय सङ्क्रमित रहेका छन् ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...