पछिल्लो २४ घण्टामा थप १८८ जनामा कोरोना पुष्टि, ७७ संक्रमित डिस्चार्ज

Corona new variant sqvcqk5ltv

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप १८८ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार २४४ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार ७७ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७२ हजार ९७ पुगेको छ।

हाल देशभर १ हजार १ सय २८ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ३२ पीसीआर परीक्षण भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोनाबाट कसैको पनि मृत्यु भएको छैन। हालसम्म देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १९ पुगेको छ।

काठमाडौँ उपत्यकामा थप ९७ जनामा संक्रमण पुष्टि भएको छ। काठमाडौँका ७६, ललितपुरका १६ तथा भक्तपुरका ५ जनामा संक्रमण पुष्टि भएको हो।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...