बिहीबार थप १०७ जनामा कोरोना संक्रमण पुष्टि, ७८ जना सङ्क्रमित निको

Corona1 4

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक सय सात जनामा (कोभिड–१९)  कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ५ हजार पाँच सय ३६ जनाको पीसीआर परीक्षण गर्दा १ सय ७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७४ हजार चार सय ८८ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ७८ जना सङ्क्रमित निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७० हजार ६ सय ८३ पुगेको छ ।

सङ्क्रमितमध्ये तीन हजार १० जनाको ज्यान गएको छ भने सात सय ९५ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।  



प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...