सोमबार थप ७३ जनामा कोरोना संक्रमण पुष्टि, थप ३ जनाको मृत्यु  

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ७३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७४ हजार २१६ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ६४ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

यससँगै हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ७० हजार ४७१ पुगेको छ। देशभर हालसम्म ९६८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ३ हजार ४९ पीसीआर परक्षिण भएको छ। गत २४ घण्टामा कोरोनाबाट थप ३ जनाको मृत्यु भएको छ। हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको छ।
 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...