औषधि विभागले लगायो ८ वटा कम्पनीको औषधि बिक्रीमा रोक

Ausadhi bivag

काठमाडौं । औषधि व्यवस्था विभागले बिभिन्न ८ वटा कम्पनीको औषधि बिक्री वितरणमा रोक लगाएको छ ।

बजार अनुगमनका क्रममा औषधिहरुको नमुना परीक्षण गर्दा ८ वटा कम्पनीको बिक्री वितरण रोक्का गरी बजारबाट तुरुन्त औषधि फिर्ता गर्न विभागको निर्देशन छ ।

पर्साका प्राइम फर्मास्युटिकल्सको फेक्जिस्ट र भास्कर हर्बस्युटिकल्सको ग्यास्टोजेल सस्पेन्सन २०० एमएलको बिक्रि वितरणमा विभागले रोक लगाएको हो ।

मोरङको एमटेक मेड प्रालिको दुईवटा इनक्स इट्राकानोजोल क्यापसुल बीपी, भक्तपुरको सिटिएल फर्मास्युटिकल्सको लिपिलेज १०, बाराको मेगनस फर्मा प्रालिको इरगोनल–२०० र आर्या फर्माल्याबको सिनट्रयान–२०० छन् ।

विभागले रुपन्देहीको बायोज्ञान रिमेडिज प्रालिको आइट्याक (इट्राकानोजोल क्यापसुल १०० एमजी) को प्रयोगमा पनि रोक लगाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...