पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण

Coro1588135147764

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ८१ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७४ हजार ६५ पुगेको छ ।

नेपालमा ९ सय ६७ सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा थप ६२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७० हजार ३ सय २५ रहेको छ ।

यसैगरी पछिल्लो २४ घण्टामा २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ७ सय ७३ रहेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...