सञ्चयकर्ताले कोषमा दाखिला भएको रकमबारे तत्काल जानकारी पाउने

Karmachari sanchaya kosh

काठमाडौं । सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् ।

यस प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन हुनेछ । यसबाट सञ्चयकर्ताले सञ्चय कोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सक्नेछन् ।

कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा नयाँ विद्युतीय सरकारी लेखा प्रणालीको सुरु गरेसँगै सञ्चयकर्ताले कोषमा दाखिला गरेको रकमबारे तत्कालै जानकारी पाउने भएका हुन् ।

प्रणालीको कार्यान्वयनबाट कारोबारको सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकाले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्ट हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरैवटा खाता रहनेलगायतका समस्या समाधान हुने अपेक्षा गरिएको छ ।

प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रूपमा शुभारम्भ गरे ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काठमाडौंमा एमालेको शक्ति प्रदर्शन,सत्ता समीकरण २०८४ चुनावसम्म रहने ओलीको ठोकुवा

Uml pradarsan

काठमाडौं । सत्तारुढ प्रमुख दल एमालेले अराजकताविरुद्ध चेतना फैलाउन भन्दै शुक्रबार काठमाडौंमा जुलुस...