सोमबार थप १२५ जनामा कोरोना संक्रमण पुष्टि, ९० जना निको

Corona new variant sqvcqk5ltv

काठमाडौँ । सोमबार थप १२५ जनामा कोरोना पुष्टि भएको छ । देशका विभिन्न स्थानमा रहेका प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप १२५ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या दुई लाख ७३ हजार ५५६ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप ९० संक्रमित कोरोना मुक्त भएका छन् । नेपालमा दुई लााख ६९ हजार ९६६ जनाले कोरोना जितेका छन् । नेपालमा सोमबार कोरोनाका कारण मृत्यु नभएको मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

नेपालमा हाल १५ सय २९ जना आइशोलेशनमा छन् भने ६६ जना क्वारेन्टाइनमा छन् । त्यस्तै हालसम्म २१ लाख ४३ लाख ३१५ वटा पिसिआर गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...