थप १२२ जनामा कोरोना संक्रमण, १४४ जना निको भए

Corona1 4

काठमाडौँ । नेपालमा सोमबार थप १२२ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ । देशभर गरिएको ३ हजार ५ सय ४१ वटा नमुना पीसीआर परिक्षणका क्रममा थप १२२ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७२ हजार ८ सय ४० पुगेको छ ।

गत २४ घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या २ हजार ५५ पुगेको छ । त्यस्तै थप १ सय ४४ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या २ लाख ६९ हजार २०४ पुगेको मन्त्रालयले जनाएको छ ।

यस्तै, हाल नेपालमा १ हजार ५८१ जना सक्रिय सक्रमित रहेका छन् । नेपालमा हालसम्म २१ लाख २० हजार ५९१ जनाको पीसीआर विधिबाट कोरोना परिक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...