२४ घण्टामा देशभर १६० जना कोरोना सङ्क्रमित थपिए   

४५५५६५६७४५

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक सय ६० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

मङ्गलवार थपिएकासँगै नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या दुई लाख ७२ हजार दुई सय १५ पुगेको छ ।

त्यस्तै थप एक सय ६५ जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ६८ हजार चार सय ३१ पुगेको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४७ रहेका छन् ।

अहिले नेपालमा एक हजार सात सय ३७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।  

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...