२४ घण्टामा नेपालमा थपिए ११९ जना कोरोना संक्रमित, ३ को मृत्यु

Corona and water 4 2fmfrz4t5a

काठमाडौँ । पछिल्लो २४ घण्टामा आइतबार नेपालमा ११९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थपिएका नयाँ संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ९ सय १५ पुगेको जनाएको छ ।

यस्तै, थप २ सय ६० जना संक्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेहरुको संख्या २ लाख ६८ हजार ७२ पुगेको छ ।

हाल देशभर सक्रिय संक्रमितको संख्या १८ सय १५ छ । यस्तै, ९२ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । आइतबारसम्म नेपालमा २० लाख ९३ हजार ४ सय १७ पीसीआर परीक्षण भएका छन् ।

२४ घण्टामा ३ जनाको मृत्यु भएको छ । मन्त्रालयका अनुसार हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ३८ पुगेको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...