थप १ सय ७१ जनामा कोरोना पुष्टि, २ सय ५९ जना निको

Corona psycho

नेपालमा मंगलबार थप १ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको २ हजार ९४६ वटा नमूनाको पीसीआर परिक्षणका क्रममा १ सय ७१ जनामा कोरोना संक्रमण देखिएको हो । स्वास्थ्य मन्त्रालयको आधिकारिक वेभसाइटमा राखिएको विवरण अनुसार यससँगै नेपालमा कोरोना संक्रमितहरुको कूल संख्या २ लाख ७१ हजार २८९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाका कारण एक जनाको मृत्यु भएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या दुई हजार २९ पुगेको छ । त्यस्तै मंगलबार थप २५९ जना संक्रमित निको भएका छन् । योसँगै हालसम्म २ लाख ६६ हजार ८५९ जनाले कोरोनालाई जितेका छन् । 

मुलुकभर अहिले सक्रिय कोरोना संक्रमितको संख्या २ हजार ४८९ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । नेपालमा हालसम्म २० लाख ७८ हजार ९८ जनाको पीसीआर माध्यमबाट कोरोना परिक्षण गरिएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...