कोभिड भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु धर्नामा, इमर्जेन्सी बाहेकको सबै सेवा बन्द

Dr aandolan

काठमाडौँ । कोरोना महामारीको समयमा काम गरेको समयको भत्ता नपाएको भन्दै वीर अस्पतालका चिकित्सकहरु धर्नामा बसेका छन् ।

कोरोनाको समयमा काम गरेबापत पाउनुपर्ने जोखिम भत्ता नपाएको भन्दै इमर्जेन्सीबाहेकका सबै सेवा बन्द गर्दै उनीहरु धर्नामा बसेका हुन् ।

उनीहरुले प्रशासनले समस्या सम्बोधन नगरेसम्म सेवा सुचारु नगर्ने बताएका छन् । १० महिनादेखि कोभिड संक्रमितको उपचारमा खटिएका आवासीय चिकित्सकलाई अस्पताल प्रशासनले विभेद गरेको उनीहरुले बताएका छन् ।

रेजिडेन्ट एसोसिएसन अफ न्याम्सको आह्वानमा वीर अस्पतालका २०० जना आवासीय चिकित्सकहरु आकस्मिक बाहेकका अस्पतालका अन्य सेवा बहिष्कार गर्दै आन्दोलित भएका हुन् । जोखिम भत्ता उपलब्ध गराउन प्रक्रिया सुरु नगरे अस्पतालका निर्देशकको कार्यकक्षमा समेत तालाबन्दी गर्ने उनीहरुले बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...