बिमल र टीकाको स्वरमा “जाम हिड धनगढी” सार्वजनिक (भिडियो सहित)

Maxresdefault

चर्चित गायक एबम सर्जक बिमलराज क्षत्री र चेत बहादुर सिंह (राजा) को नयाँ गीत “जाम हिड धनगढी” सार्वजनिक भएको छ ।

यस गीतमा बिमलराज क्षत्री र उनकै धर्मपत्नी टीका कुमारी क्षत्रीको स्वर रहेको छ भने बिमल राज क्षत्रीको शब्द, संगीत रहेको छ । यस गीतको एरेन्ज र मिक्सिङ्ग जीवन बडुले गरेका हुन् ।

दिलिप ओखेडाको निर्देशन रहेको गीतमा ज्ञानेन्द्र शर्माको छायांकन, दिन्सन शाहको सम्पादन रहेको छ । यस गीतलाई दोलालघाटको रमणिय स्थलहरुमा छायांकन गरिएको हो । “जाम हिड धनगढी” गीतलाई बिमल चौतारी युटुब च्यानलबाट सार्वजनिक गरिएको छ ।

उक्त गीतको भिडियोमा चेत बहादुर सिंह (राजा), आशा भुषाल, दिलिप ओखेडा, सुनिता पौडेल आदिको अभिनय हेर्न पाईन्छ । सोही गीतको भिडियो हेर्नका लागि तलको लिन्क क्लिक गर्नुहोला ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला सम्पन्न, सर्जकको चासो बढ्दै

Chiyasang kabita 9 1

धनकुटा । चियाँसँग कविता कार्यक्रमको नवौं श्रृंखला आज धनकुटामा सम्पन्न भएको छ । धनकुटाकै पहिलो सा...