काठमाडौँ उपत्यकामा थपिए १२३ जना कोरोना संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १२३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०७, भक्तपुरमा ६ र ललितपुरमा १० जना संक्रमित थपिएका हुन्।
हाल देशभर १४६ जना कोरोना संक्रमितको आईसीयुमा र २६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिकृया दिनुहोस