पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थपिए १४५ संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १२२, भक्तपुरमा ९ र ललितपुरमा १४ जना संक्रमित थपिएका हुन्।
हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिकृया दिनुहोस