पछिल्लो २४ घण्टामा थप ३३९ कोरोना संक्रमित थप, मृत्यु हुनेको संख्या २ हजार ११ पुग्यो

Corona psycho

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३३९ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६९ हजार ७८९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार ४०१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ६४ हजार ५३८ पुगेको छ। हाल देशभर ३ हजार २ सय ४० सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ४ हजार ८ सय ५८ पीसीआर परीक्षण भएको छ। यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ हजार ११ पुगेको छ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...