काठमाडौँ उपत्यकामा १३३ जना कोरोना संक्रमित थपिए
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १०३, भक्तपुरमा ५ र ललितपुरमा २५ जना संक्रमित थपिएका हुन्।
हाल देशभर १३९ जना कोरोना संक्रमितको आईसीयुमा र २३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिकृया दिनुहोस