काठमाडौँ उपत्यकामा १७७ जनालाई कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४५, भक्तपुरमा ९ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर १५७ जना कोरोना संक्रमितको आइसीयूमा र ३९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
गत चौबीस घन्टामा ३ हजार ५ सय ८ पीसीआर परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस