तोलामा सात सयले ओरालो लाग्यो सुनको मूल्य

Gold

नेपाली बजारमा आइतबार (आज) सुनको मूल्य ओरालो लागेको छ । आज सुनको मूल्य तोलामा सात सय रुपैयाँले ओरालो लागेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोवार भएको छ । छापावाला सुन शुक्रबार तोलामा ९२ हजार ५०० रुपैयाँमा कारोवार भएको थियो । यस्तै तेजावी सुन शुक्रबारका तुलनामा तोलामा ७०० रुपैयाँले घटेको छ । 

९२ हजारमा शुक्रबार कारोवार भएको तेजाबी सुन आज तोलामा ९१ हजार ३०० रपैयाँ तोकिएको महासंघले जनाएको छ ।  यस्तै चाँदी पनि तोलामा ३० रुपैयाँले घटेको छ । शुक्रबार एक हजार २६० रुपैयाँमा कारोवार भएको चाँदी आज भने एक हजार २३० मा मूल्य निर्धारण भएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाका पुराना पत्रकार घिमिरे सम्मानित

Binod ghimire samma

धनकुटा । लामो समयदेखि धनकुटामा रहेका पत्रकारीता क्षेत्रमा क्रियाशील रहेका पत्रकार विनोद घिमिरे सम...