काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १७२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४४, भक्तपुरमा ६ र ललितपुरमा २२ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर १६५ जना कोरोना संक्रमितको आईसीयूमा र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिकृया दिनुहोस