काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २२०, भक्तपुरमा ३ र ललितपुरमा २३ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर १५२ जना कोरोना संक्रमितको आईसीयूमा र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिकृया दिनुहोस