फेरि बढ्यो सुनको मूल्य

Gold gifttaa

काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। अघिल्लो दिनको तुलनामा मंगलबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको हो।

सोमबार तोलामा आठ सय रुपैयाँ घटेर ९२ हजार दुई सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार ६ सय रुपैयाँले बढेको हो । मंगलबार ९२ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै चाँदी पनि तोलामा २० रुपैयाँले बढेर १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।आइतबार र सोमबार सुनको मूल्यमा सामान्य गिरावट आएको थियो।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...