काठमाडौँ उपत्यकामा थपिए ३१४ नयाँ संक्रमित
काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २३०, भक्तपुरमा १५ र ललितपुरमा ६९ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर १६३ जना कोरोना संक्रमितको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। हाल देशभर ४ हजार ३ सय ७३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ३ हजार ३ सय ९ पीसीआर परीक्षण भएको छ।
प्रतिकृया दिनुहोस