शुक्रबार थपिए ५५४ जना कोरोना संक्रमित, ६ जनाको मृत्यु

Corona patient rqdqlbqkzg

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ५५४ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६४ हजार १५९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ५८५ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५७ हजार २२९ पुगेको छ।

हाल देशभर ५ हजार २१ जना सक्रिय संक्रमित रहेका छन्। गत चौबीस घन्टामा ५ हजार २ सय ६९ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ९ सय ९ पुगेको छ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

कोशी उच्च बाँध पीडितहरु संगठिन बने, संघर्ष समितिमा असिम राई सर्वसम्मत अध्यक्ष चयन

Saptakoshi badha news

धनकुटा । कोशी उच्च बाँध पीडितहरुको आम भेलाले कोशी उच्च बाँध पीडित संघर्ष समिति चयन गरेको छ । सहि...